माधब पौडेल
तनहूँ-कोरोनाले मानिसहरुलाई त्रशित बनाईरहेको समयमाा पनि तनहु जिल्ला क्षेत्र नं १ मा बिकास निर्माणका कामहरु अगाडि बढिरहेका छन् । तनहुँ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानको पहलमा उपलब्ध भएको बजेट अन्तर्गत क्षेत्र नं १ का व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउपालिका, आबु खैरेनी गाउपालिका र देवघाट गाउपालिकाका विभिन्न वडाहरुमा बिकास निर्माणका कार्यहरु भइरहेका छन् । संसदमा बजेट पेश गर्ने, छलफल गर्ने र पारित गर्ने सत्र र लकडाउनको समय परेको हुनाले सांसद श्रेष्ठ स्वयं उपस्थित हुन नसकेपनि उनका स्वकिय सचिव जगत खड्काले निर्माण कार्यको अवलोकन गरिरहेका छन् । कर्पोरेट खबरसग टेलिफोनमा कुराकानी गर्दै सांसद श्रेष्ठले लकडाउनले प्रत्यक्ष असर पारे पनि यस बर्ष आफ्नो पहलमा पारेको रकमको बिकास निर्माणको काम पुरा गराउन आफु लागिपर्ने बताएका थिए । साथै, उनले क्षेत्र नं. १ का कुनै पनि बासिन्दा आफ्नो गाउँ ठाँउमा बिकास बजेट परेन भनेर चिन्ता गर्नु नपर्ने बताएका थिए ।
संसद श्रेष्ठको पहलमा सडक तथा भौतिक पुर्वाधार निर्माणका लागि १९ करोड , झोलुगेंपुल निर्माणका लागि ८ करोड, कृषिको लागि ५ करोड, सिचाईका लागि ३ करोड, प्रहरी चौकी स्तरोन्नतीका लागि ४ करोडका साथै विभिन्न शिर्षकमा राष्टिय योजना आयोगबाट १६ करोड, शहरी बिकास मन्त्रालयबाट ३ करोड, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट ४ करोड र अन्य मन्त्रालयबाट पनि रकम विनियोजन भएको संसद श्रेष्ठका स्वकिय सचिव खड्काले बताए । उक्त रकमबाट लकडाउनको समयमा पनि जिल्लमा बिकास निर्माणका कामहरुलाई निरन्तरता दिदै सडक निर्माण, नालि निर्माण, मठ, मन्दिर, गुम्बा, मस्जिद निर्माण खानेपानी योजनाहरु निर्माण लगायतका कामहरु भईरहेको उनले जनाए । सांसद श्रेष्ठले तनहुक्षेत्र नं. १ को बिकासको लागि हरदम प्रयास गरिरहेको र बिकास बजेट आवश्यक परेको छ भनेर जाने कुनै पनि टोल समुह नछुटेको कारणले आफ्नो पार्टीको सांसदको बिकास निर्माणप्रतिको चासो सन्तोषजनक रहेको नेकपा व्यास नगरका सभापति श्रीराम कार्की अचुकले बताए ।
FACEBOOK COMMENTS