साउन ०४- प्रतिकुल समयका बाबजुद करदाता सेवा कार्यालय गाईघाटले राजश्व संकलनमा उल्लेखीय सफलता हात पारेको छ । लकडाउनकाकारण चार महिनादेखि सुनसान बनेको सेवा कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा ६२ करोड ९९ लाख ७४ हजार पाँच सय २८ रुपैयाँ १८ पैसा कर संकलन गरेको हो ।
संकलित रकम अघिल्लो आ.व. भन्दा ४३ दशमवल ५ प्रतिशत अर्थात १९ करोड ९ लाख ६१ हजार १ सय ५५ रुपैयाँ ५३ पैसाले बढी हो । आ.व. २०७५/७६ मा कार्यालयले ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैयाँ ६५ पैसा कर संकलन गरेको कार्यालय प्रमुख सुमन बुढाथोकीले बताए ।
उनकाअनुसार आयकर ११ दशमलव १ प्रतिशत, व्याज १ सय ८ दशमलव १५ प्रतिशत र मुल्य अभिवृद्धि कर ९९ दशमलव ५२ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै घर बहाल करमा २१ दशमलव ४३ प्रतिशत, अन्त शुल्कमा २७ दशमलव ९४ प्रतिशत, स्वास्थ्य सेवा शुल्कमा ९५ दशमलव ५२ प्रतिशत र शिक्षा सेवा शुल्कमा ७४ दशमलव ६८ प्रतिशतले कमी आएको छ ।
आ.व. ०७६/७७ मा आयकर वापत २३ करोड ४९ लाख २९ हजार ३ सय ७९ रुपैँया ७५ पैसा, मूल्य अभिवृद्धि कर ३५ करोड ६१ लाख २२ हजार ४ सय ३३ रुपैयाँ ९५ पैसा र व्याज ५७ लाख ६८ लाख ३० रुपैयाँ २५ पैसा कर संकलन भएको उनले बताए ।
बहालकर वापत १ करोड ६ लाख ७५ हजार ४ सय ८३ रुपैयाँ ९८ पैसा, अन्तशुल्क २ करोड २० लाख ४१ हजार ८ सय २० रुपैयाँ, स्वास्थ्य सेवा शुल्क वापत १२ हजार १ सय १४ रुपैयाँ र शिक्षा सेवा शुल्क वापत ४ लाख २५ हजार २ सय ६६ रुपैयाँ २५ पैसा कर संकलन भएको प्रमुख बुढाथोकीले जानकारी दिए ।
FACEBOOK COMMENTS