काठमाडौं, वैशाख ६ – लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ्स प्लसबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न भएका छन् । बैंकको अनुसार अरेन्ज सेभिङ्स प्लस खाता भएका ग्राहकले १ लाखसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाखसम्मको दुर्घटना मृत्यु र अक्षमता बीमा सुविधा पनि पाउनेछन् ।
यति मात्र नभएर उनीहरुको डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निस्शुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क बैंकले फिर्ता गरने छ ।
अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी अरेन्ज सेभिङ्स प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि-पेड डलर कार्ड प्राप्त गर्नेछन् । बैंकको अनुसार सो अफर अरेन्ज सेभिङ्स प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ ।
विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता” मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याज दर प्रदान गरिरहेको छ।थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाईटwww.laxmibank.com मा जान सक्नुहुन्छ।
FACEBOOK COMMENTS