काठमाडौं,माघ १४- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले नाफा बढाएको छ ।बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा २५ प्रतिशतले वृद्धि गरेको हो ।
पुस मसान्तसम्ममा लक्ष्मी बैंकले ९० करोड ३० लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत अर्थात १७ करोड ९२ लाख बढी हो।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७२ करोड ३७ लाख खुद नाफा आर्जन गरेको थियो। ९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन तर्फ ९.८४ प्रतिशत र कर्जा लगानी तर्फ १३.९८ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ५ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८० अर्ब ३२ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको कष्ट अफ फण्ड ७.२१ प्रतिशत, आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
FACEBOOK COMMENTS