काठमाडौं,माघ ९- लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको सुर्यपुरा, शाखामा आवद्ध ग्राहकहरुलाई सिलाई कटाई तालिम प्रदान गरेको छ ।
उक्त तालिम पुस १० देखी माघ ८ गते सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २० जनाग्राहकहरुलाई सहभागी गराइएको थियो ।
टेलरीङ्ग व्यवसायमा आर्कषण गरी महिलाग्राहक सदस्यहरुलाई सफल उद्यमी बनाउने र जीविकोपार्जनलाई सहज बनाउन उक्त सीपको माध्यमबाट आयआर्जनको क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले सिलाई कटाई तालिम आयोजना गरीएको थियो ।
तालिम समापन कार्यक्रममा उपस्थित गैडहवा गाँउपालिकाकी उपाध्यक्ष सुभावती यादवले “सबैले जागिर नैखानुपर्छ भन्ने छैन् आफ्नो सिप र क्षमता अनुरुपको कार्यबाट व्यावसायिकभई आत्मनिर्भर तिर लाग्न सकिने” कुरा बताएकी थिइन् । उक्ततालिमको सहजीकरण श्रीमती संगिता हरीजनले गरेकी थिइन् ।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसंगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधासँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला शसक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले यस्ता किसिमका क्षमताअभिवृद्धि तथा सीपविकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।
FACEBOOK COMMENTS