काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको प्रतिफल लिन कृषि, शिक्षा, स्वास्थ्य, उर्जालगायतका क्षेत्रको उत्पादन बढाउन यातायात पुर्वाधारमा विकास गर्नुपर्ने बताएका छन ।
अर्थमन्त्री खतिवडाले मंगलबार राजधानीमा नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै सबै पूर्वाधार विकासका लागि सहज सुरक्षित र दीगो सडक सञ्जाल निर्माणमा लगानी अति महत्वपूर्ण भएको बताएका हुन ।
संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका १७ लक्ष्य मध्ये ९ लक्ष्य भौतिक पूर्वाधारलाई मानेको भन्दै उनले व्यापारिक र व्यवसायिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने बताए ।
व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्ने भन्दै कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास अनिवार्य भएकाले त्यस तर्फ सरकारको उच्च प्राथमिकता रहेको समेत जानकारी दिएका छन ।
यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेलवे, मेट्रो तथा पानीजहाजको विकासका लागि पनि काम भैरहेको जानकारी दिनुएका छन ।
सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो स्तरबाट काम अघि बढाएमा मुलुक छिट्टै आर्थिक विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सहयोग मिल्ने बताए ।
FACEBOOK COMMENTS