काठमाडौं – लगानी सम्मेलनका क्रममा शोकेशमा राखिएका आयोजनाहरुमा लगानीका लागि आवेदन मे २० सम्म दिन सक्ने लगानी बोर्डले जनाएको छ ।
लगानि बोर्डले २० अप्रील सम्मको समयलाई २० मे पुर्याउने लगानी निर्णय गरेको हो ।
विदेशी कम्पनीहरुबाट प्रस्ताव दर्ताको लागि समय थप गर्न माग भएपछि लगानि बोर्डले एक महिना थपिएको बुझिएको छ ।
७७ ओटा प्रस्तावित आयोजनामध्ये हालसम्म १३ ओटा परियोजनाका लागि १८ ओटा कम्पनीले लगानीका लागि प्रस्ताव दर्ता गराएका छन् भने बाँकी आयोजनाका लागि कुनै पनि प्रस्ताव प्राप्त भएको छैन ।
FACEBOOK COMMENTS