काठमाण्डौँ — महानगरीय ट्राफिक महाशाखाले लगानी सम्मेलनका लागि सम्पूर्ण ट्राफिक व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ ।
महाशाखा प्रमुख वसन्तकुमार पन्तका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल र बस्ने होटलसम्मको सम्पूर्ण ट्राफिक व्यवस्थापन पूरा भएको छ ।
प्रहरीका अनुसार सम्मेलनमा ६ सय १९ जना भिआईपी अर्थात विशिष्ठ अतिथीहरुको सहभागीता हुनेछ।
लगानी सम्मेलनका बेला काठमाडौंको सवारी व्यवस्थापनमा नियमित ट्राफिक प्रहरीका अलवा प्रहरी वरिष्ठ उपरिक्षकको कमाण्डमा बनेको टिममा १ प्रहरी उपरिक्षक, ४ प्रहरी नायव निरिक्षक, २२ इन्सपेक्टर, १६८ असई सहित ७ सय ९० जना खटिनेछन्।
नियमित खटिने सात सय सहित विशेष थपिने गरी झण्डै १५ सय हाराहारीमा ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा खटिनेछन्।
FACEBOOK COMMENTS