काठमाडौं – बेलायतको राजधानीमा लण्डनमा नेपाल विकास सम्मेलनको आयोजना गरिएको छ ।
चैत १५ र १६ नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनबारे बेलायती लगानीकर्तालाई ब्रिफिङ गर्न नेपाल विकास सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले बिशेष सम्बोधन गर्नेछन् ।
फागुन १० गते आयोजना हुने नेपाल विकास सम्मेलनमा वेलायती लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने तथा बिशेष आव्हान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली दुतावासले आयोजना गरेको सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले नेपालले वैदेशिक लगानी प्रवद्र्धनका लागि हालसम्म गरेका प्रयास, अब हुने नीतिगत सुधार तथा उपलब्ध लगानीका क्षेत्रबारेमा बिशेष सम्बोधन बताइएको छ ।
।
FACEBOOK COMMENTS