भदौ १८, काठमाडौं । ललितपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको हो । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत भोलि एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको रातोपाटीलाई जानकारी दिए ।
बिहीबार ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको छ । यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।
यो पनि।।।
रथ तान्न उर्लियो भीड, झडपमा इन्सपेक्टरसहित ७ प्रहरी घाइते ९तस्बिरहरु०
कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर सरकारको निर्णयविपरित निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । भोलिपनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। कोरोनाको महामारीका बीच चाडपर्वको नाममा भीडभाड गर्न नहुने कतिपयको भनाइ छ भने कतिपयले चाहिँ सामाजिक दूरी कायम गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्ने आवाज उठाएका छन् ।
FACEBOOK COMMENTS