काठमाडौं, पुस २० – ललितपुर महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्नेका लागि भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ । महानगरमा सोमबार आयोजित एक कार्यक्रमबिच नगरप्रमुख चिरिबाबु महर्जनले महाशाखा प्रमुख जनक भट्टराईलाई यी सामग्री हस्तान्तरण गरेका हुन्।
सामाग्री हस्तान्तरण गर्दै महर्जनले दुर्घटना न्यूनीकरणका लागि महानगर सधै क्रियाशील रहेको बताए। ललितपुर महानगरलाई मुलुककै नमूना नगर बनाउने भन्दै उनले नगर भित्र बढेको सवारी चाप र दुर्घटना न्यूनिकरण गर्न आफ्ना नगर प्रहरीलाई तालिमसमेत दिन थालिएको अवगत गराए।
नगरको सवारी व्यवास्थापनमा ट्राफिक प्रहरीलाई सघाउने भन्दै महानगरपालिकाले आफ्ना नगर प्रहरीलाई तालिम दिन लागेको हो। ललितपुर महानगरलाई मुलुककै नमूना नगर बनाउने भन्दै नगर प्रमुख चिरीबाबु महर्जनले आफ्नो नगर भित्र बढेको सवारी चाप र दुर्घटना न्यूनिकरण गर्न आफ्ना प्रहरीलाई तालिम दिन लागेको जानकारी दिए।
‘महानगरले गर्ने महत्वपूर्ण काममध्ये ट्राफिक व्यवस्थापन र सवारी पार्किङ पनि एक हो, पछिल्लो समय नगरमा बढेको सवारी चाप र दुर्घटना हेर्दा ट्राफिक प्रहरीको दरबन्दी कम देखन्छ’, नगर प्रमुख महर्जनले भने, ‘ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र नभइ सडक विभाग यातायात व्यवस्था विभाग र स्थानीय सरकारको पनि हो। त्यसैले ट्राफिक प्रहरीलाई सघाउ पुर्याउन हाम्रा नगर प्रहरीलाई तालिम दिन लागेका हौ।’
ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले प्राप्त सामग्रीको सदुपयोग हुने प्रतिवद्धता व्यक्त गरे।
FACEBOOK COMMENTS