काठमाण्डौँ — सिन्धुपाल्चोकको लार्चामा बनिरहेको सुख्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सुख्खा बन्दरगाह निर्माणको ९५ प्रतिशतभन्दा बढी काम सकिएको नेपाल यातायात इन्टर मोडल विकास समितिका इन्जिनियर प्रमोद आचार्यले बताए ।
आगामी अप्रिलबाट निर्माण सकेर मे महिनाबाट बन्दरगाह सञ्चालन गर्ने योजना रहेको छ ।
सन् २०१३ मा बन्दरगाह निर्मााणको सुरुवात भएको हो ।
— कारोबार
FACEBOOK COMMENTS