काठमाडौं । लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगले ३ प्रतिशत ब्याजमा ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका छन् ।
राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि–२०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था अनुसार एक ग्राहक ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने छन् ।
राष्ट्र बैंकका अनुसार ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगले लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने छन् ।
ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्र बैंकको भनाई छ । यसको अवधि एक वर्षको लागि रहेको छ ।