![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – तेन्जिङ हिलारी विमानस्थल लुक्लामा मौसमी सूचना उपकरण जडान गरिएको छ।
यो उपकरण जडान गरिएसँगै विमानस्थल युनिट एरियाको हावाको चाप र तापक्रमबारे जानकारी प्राप्त गर्न सहज हुने लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए।
यस्तै हटलाइन सूचना प्रविधि समेत विमानस्थलमा राखिएको छ।
यो प्रविधिले तेन्जिङ हिलारी विमानस्थल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एरिया कन्ट्रोल सेन्टरबीच सिधा सम्पर्क हुन्छ।
विमानस्थलमा फ्लाइट राडार २४ का दुई रिसिभर समेत जडान गरिएको छ।
यसले विमानको अवस्थितीबारे जानकारी गराउँछ।
थप तीन रिसिभर जडान गर्ने योजना गरेको कुँवरले बताए।
– नागरीक
FACEBOOK COMMENTS