काठमाडौं– लुम्बिनीमा चारतारे होटल संचालनमा आउने भएको छ । पर्यटन उद्यमी योगेन्द्र शाक्यले ‘शाक्यमुनि होटल’ सञ्चालनमा ल्याएका हुन् ।
९० कोठाको हुने शाक्यमुनि होटलको प्रारम्भिक डिजाइनसमेत तयार भइसकेको उद्यमी शाक्यले बताए।
जसमा ३०÷३० कोठाको तीनवटा ब्लक रहनेछन्। उक्त होटलको आर्किटेक्चरल डिजाइन बुद्धिजम थीमको हुनेछ।
त्यसमा बहाल, चोकसहित मौलिक नेपाली शैली झल्कने हुने बताएका छन् ।
होटल संरचनाका लागि मात्र एक अर्ब रुपैयाँको हाराहारीमा लगानी हुने बताइएको छ ।
FACEBOOK COMMENTS