![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रको बढदो प्रदूषण घटाउन विद्युतीय सवारी साधनको प्रयोग हुने भएका छन् ।
एक महिनाअघि चिनियाँ कम्पनीले दुईवटा विद्युतीय बस भैरहवा भन्सार कार्यालयमा ल्याइपुर्याएको छ ।
बाँकी आउने क्रममा छन् ।
एसियाली विकास बैंक (एडीबी) को करिब ३० करोड रुपैयाँ अनुदानमा सोलार प्रविधिबाट चार्ज हुने पाँचवटा ठूला बस, ११ जिप भ्यान सञ्चालन गरिने भएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा हुनासाथ पर्यटकका लागि प्रदूषणरहित विद्युतीय बस र भ्यान सञ्चालनको व्यवस्था गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
त्यहाँको विमानस्थल हुँदै लुम्बिनी आउने स्वदेशी तथा विदेशी पाहुनाको लुम्बिनी भ्रमणका लागि यस्ता सवारीका साधन उपयोग गर्ने कोषका योजना प्रमुख तथा कार्यवाहक सदस्यसचिव सरोज भट्टराईले बताए ।
उनले लुम्बिनीलाई मुख्य स्टेसन मानेर आगामी फेब्रुअरी मार्चबाट विद्युतीय सवारीका साधन सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS