काठमाडौं, बैशाख १५- सार्वजनिक लेखा समितिले ७ दिन भित्र स्वास्थ्य उपकरण खरिद प्रक्रियाका कागजात पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई पत्राचार गरेको छ ।
कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदको ठेक्कामा भएको भ्रष्टाचारको अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कागजात मागेको हो ।
आइतबार एक विज्ञप्ती जारी गरी समितिले मन्त्रालयलसंग सम्बन्धित कागजात बुझाउन माग गरेको हो । समितिले मन्त्रालयसँग ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनलसँग सरकारले विनाप्रतिस्पर्धा गरेको खरीद प्रक्रियाको कागजात मागेको हो ।
कोभिड—१९ नियन्त्रणका लागि स्वास्थ सेवा विभागमार्फत् बिना प्रतिष्पर्धा ओम्नी इन्टरनेशनलसंग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद कार्य अघि बढाएको र पछि रद्ध गरिएको थियो ।ओम्नीले अत्यावश्यक स्वास्थ्य सामग्री चल्तीको मूल्यभन्दा चालिसौं गुणासम्म महँगोमा किनेको बताएपछि त्यसको चौतर्फी बिरोध भएपछि रद्ध गरिएको थियो ।
स्वास्थ्य मन्त्रालय र सरकार दुवैले खरीद प्रकराणमा भएको भ्रष्टाचारबारे चित्तबुझ्दो जवाफ दिन सकेका छैनन ।
FACEBOOK COMMENTS