 
			                  			              
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् ।
राप्रपाभित्र खटपट चलिरहेको बेला थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिंड्ने बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।’
निकै घत लाग्यो।
लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँडदा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ।
विगतमा धेरै गल्ती गरियो।अब मसंग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन।बरु एक्लै हिड्छु,नकारात्मक सोच भएकाहरुसंग टाढै बस्छु
No compromise with 'viruses' https://t.co/GE8VFHAr4f— Kamal Thapa (@KTnepal) June 19, 2021

 
              
              
              
              		              
FACEBOOK COMMENTS