काठमाडौं, माघ २२ – वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । ७२ वर्षीय शर्माको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ ।
मुटुसम्बन्धी समस्याबाट पीडित शर्माको उपचारको क्रममा बुधबार बिहान ११ बजे निधन भएको हो । मुटुमा सङ्क्रमण देखिएपछि उनलाई गङ्गालाल अस्पतालमा भर्ना गरिएको थियो । पाँच दिन गङ्गालालमा उपचार गरी उनलाई मङ्गलबार राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।
वि स२००४ सालमा इलाममा जन्मिएका शर्माले नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका थिए । उनका दुई छोरा र श्रीमती छन् ।
FACEBOOK COMMENTS