काठमाडौं, जेठ ८ – नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार माधव आचार्यको ८० वर्षको उमेरमा निधन भएको भएको छ । विगत १ वर्षदेखि क्यान्सर रोगबाट पीडित आचार्यको आज शनिबार बिहान काठमाडौंको कपनस्थित निवासमा निधन भएको हो ।
वि.स. २०२२ सालदेखि जनआकांक्षा साप्ताहिकको सम्पादन गर्दै आएका आचार्य आकांक्षा दैनिकको सम्पादक÷प्रकाशक समेत थिए । साथै विभिन्न पत्रिकामा साहित्यिक पत्रकारिता गर्दै आएका आचार्य महासंघ धनुषा शाखाको दुई कार्यकाल सभापति भएका थिए ।
नेपाल पत्रकार महासंघद्वारा प्रदान गरिने ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’बाट सम्मानित आचार्यले पत्रकारितामार्फत लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
स्वर्गीय आचार्यका श्रीमती र तीन छोरा छन् ।
FACEBOOK COMMENTS