![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ — कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धान रोपाइँ शत प्रतिशत हुने दाबी गरेको छ ।
यो वर्ष वर्षा अनुकूल भएपछि शत प्रतिशत रोपाइँ हुने आकलन मन्त्रालयले गरेको हो ।मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन ७ गतेसम्ममा ७७।४७ प्रतिशत रोपाइँ सकेको छ ।
अघिल्लो वर्षको तुनामा धेरै राम्रो धान रोपाई भएको मन्त्रालयको दाबी छ ।
अघिल्लो वर्ष यही समयमा करिब ६१र६२ प्रतिशत रोपाइँ भएको मन्त्रालयका सचिव युवकध्वज जीसीले बताए ।
मुलुकभरि १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा रोपाइँ हुन्छ ।
जसमध्ये १२ लाख २ हजार ७ सय ७३ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयको दाबी छ ।
जीसीका अनुसार पहाडमा रोपाइँ करिब सकिएको छ भने केही सातापछि तराई क्षेत्रमा रोपाइँ सकिनेछ ।
– कान्तिपुर
FACEBOOK COMMENTS