काठमाण्डौँ — सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ गर्न जाँचबुझ समिति गठन गरेको छ ।
वाइडबडी जहाज खरिदमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिको उपसमितिले प्रतिवेदन पेस गरेपछि सरकारले पनि आफ्ना तर्फबाट पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्य छानबिन समिति बनाएको हो ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले पराजुली अध्यक्ष, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदान शर्मा सदस्य रहने गरी समिति बनाएको हो । ‘
सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी जाँचबुझ समिति बनाइएको सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।
संसदीय उपसमितिले ४ अर्ब ३५ करोड घोटाला भएको ठहर गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वपर्यटनमन्त्रीहरू जितेन्द्र देव र जीवनबहादुर शाही, सचिवहरू प्रेम राई, कृष्णप्रसाद देवकोटालगायतलाई दोषी ठहर्याएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS