काठमाण्डौँ — हेटौंडा भीमफेदी ८ इपापञ्चकन्याको वाग्मती दोभानमा निर्माणाधीन विद्युत् आयोजनाले २५ पछि दिनपछि २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।
ढिलोमा फागुन ३० गतेसम्ममा विद्युत् उत्पादन हुने आयोजनाले दाबी गरेको हो ।
मंसिरमै विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि पेनेस्टक पाइप जोड्न ढिलाइ भएकाले तीन महिना पछि धकेलिएको हो ।
पेनेस्टक पाइप जडान गर्न ७ मिटर मात्र बाँकी रहेको इन्जिनियर शिशिर देवकोटाले बताए ।
निजी क्षेत्रको मान्डु हाइड्रो पावर कम्पनी र चिनियाँ कम्पनीको संयुक्त लगानीमा वाग्मतीको पानीबाट विद्युत् उत्पादन गर्ने कार्य अन्तिम चरणमा पुगेको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS