![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — भीमफेदी इपापञ्चकन्यामा निर्माणाधीन वाग्मती विद्युत् आयोजनाले आगामी मंसिर अन्तिम साताबाट २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।
मान्डु हाइड्रोपावर कम्पनी र चिनियाँ सिइच्वाङ हेइच्वाङ कम्पनीको संयुक्त लगानीमा वाग्मतीको पानीबाट विद्युत् उत्पादन गर्न तीव्र गतिमा काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर रत्न बोम्जनले बताए ।
उनले सिभिल वर्कको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
इलेक्ट्रमेकानिकलको काम पनि ५० प्रतिशतभन्दा बढी भइसकेको छ ।
४ अर्बको लगानीमा आयोजनाको निर्माण कार्य २०७२ जेठबाट सुरु भएको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS