काठमाडौँ, मंसिर ५ – संयुक्त राज्य अमेरिका स्थित क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको हो । ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२४ सम्म कायम रहनेछ ।
ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो ।
FACEBOOK COMMENTS