ललितपुर, ०८ माघ -ललितपुर महानगरपलिकाका बोर्ड सदस्य, ०५ नंंबर वडाका वडाध्यक्ष विकास श्रेष्ठले ललितपुर ०५ लाई स्वच्छ, सफा हराभरा र धुवा-धुलोरहित वडा बनाउने अभियान अघि सारेका छन् । वडाअध्यक्षमा निर्वाचित भएर आईइसके पस्चात् उनले विकास निर्माणसँगसँगै नगरको सरसफार्इलाई बिशेष प्राथमिकता दिदै आएका छन् । त्यसो त आफनो नेतृत्वकालमा वडालाई नमुना वडा बनाउने प्रणका साथ अध्यक्ष श्रेष्ठ कम्मर कसेर लागेका छन् । उनको उर्जाशील ब्यक्तित्व र विकासप्रेमी सोच उनको सवल पक्ष हो । त्यसो त विभिन्न औपचारिक एवम् अनौपचारिक कार्यक्रम माझ अध्यक्ष श्रेष्ठको जुझारुपन र खटनको चर्चासँगसँगै उनको कार्यशैलीको तारिफ हुँदै आएको पाईन्छ । उनका लागि त्यस्तै प्रशंसाले पुलकित हुने दिन रहयो गत बुधवार अर्थात माघ ०८ गते । कार्यक्रम थियो उही वातावरण सम्बन्धी । वडाले माघ १० गते बृहत् सरसफाइ कार्यक्रमको आयोजना गर्न लागेको छ । र सरसफाई अभियानलाई तिब्रता दिने उदेश्यले सो कार्यक्रमको पूर्व सन्ध्यामा ०८ गते ुस्वच्छ, हराभरा र धुवाँ(धुलोरहित वडा बनाउने अभियान अन्तर्गत बृहत अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो ।सरोकारवालाहरुको बाक्लो उपस्थिती माझ सम्पन्न सो कार्यक्रम माझ सहभागीहरुले वत्ताका रुपमा बोल्दै गर्दा वातावरणिय रुपमा वडाको विगत, वर्तमान र भविष्यका बिषयमा केन्द्रित रहदै राय, सुझाव र धारणा राख्दै वडाको सरसफाई अभियानलाई सफल पार्न साथ दिने कुरा मात्र गरेनन् कि यस वाहेक पनि उनीहरुले वडा अध्यक्ष श्रेष्ठको सोच, शैली र जाँगरको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा वडा सदस्य, टोल विकास संस्था, स्थानिय क्लब, महिला समुह, वातावरणको क्षेत्रमा सेवारत संस्था, शैक्षिक प्रतिष्ठान, व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी लगायतका निकायका प्रतिनिधीहरुले उपस्थिती जनाएका थिए ।
जसमा ललितपुर महानगरपालिका वडा नं।५ का वडा सदस्य अशोक कुमार श्रेष्ठ, मञ्जु रिजाल, महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सचिव मुकुन्द रञ्जित, सल्लाहकारहरु तारक सिंह वस्नेत र मणिकराम शाक्य, कुमारीपाटी क्लबका अध्यक्ष केशव खड्का, नेपाली सेना राजदल गणका सह सेनानी सुदिप सापकोटा, लगनखेल प्रहरी प्रभागका प्रहरी नायब निरिक्षक मानबहादुर तामाङ, गोरखा ब्रिटिस क्याम्पका कमल पुन, महालक्ष्मी मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष उमेश चन्द्र जंग पाण्डे, थसिखेल महिला समुहका अध्यक्ष वसन्ती रिजाल, महालक्ष्मी टोल विकास संस्थाका कोषाध्यक्ष सरोजनी राजभण्डारी, पाटन अस्पतालका प्रशासकीय अधिकृत लिलाराज आचार्य, शुभारम्भ महिला समुहका मनिला थपलिया, कुमारीपाटी टोल विकास संस्थाका अध्यक्ष इन्द्र कुँवर, ओमेगा कलेजका प्रिन्सिपल खगराज घिमिरे, नेप्सेम्याकका प्रमुख लक्ष्मी प्रसाद गेलाल, वहुउद्देश्यीयका सञ्चालक एकराज आचार्य, लगनखेल तरकारी बजार व्यवस्थापनका प्रतिनीधि कृष्ण प्रसाद सञ्जेल, दक्षिणकाली टोल विकास संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठ, बुद्धिविकास मण्डलका नन्दभक्त चित्रकार, संकल्प महिला समुहका उमा ढुंगाना, रिजाल सेवा समितिका अध्यक्ष कृष्ण रिजाल, सिद्धिविनायक महिला समुहका अमिता थापा, रिजाल टोल युवा क्लवका प्रतिनीधिहरु, ब्रिगेड ब्वाइज क्लबका अनुज बस्नेत लगायत स्थानीय व्यापारीहरु, बुद्धिजीवीहरु र पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
सो अवसरमा वडाध्यक्ष श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै वडाबासीबाट आफ्नो घर आँगनसँगसंगै आफ्नो टोल क्षेत्रको सरसफाईमा पनि वडाले साथ चाहेको बताउदै अभियानलाई सफल पार्न सबै जनाको दर्विलो साथ आवश्यक रहेको धारणा राखेका थिए । साथै, वडाध्यक्ष श्रेष्ठले माघ दश गतेको कार्यक्रममा सरोकारवालाहरुको अनिवार्य उपस्थितीका लागि आग्रह गर्दै वडा क्षेत्रको वातावरणिय स्वच्छताका लागि सदैव कृयासिल रहदै स्वस्थकर जीवन शैली अपनाउन अव्हाँन समेत गरे ।
FACEBOOK COMMENTS