![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – नेपाल वायुसेवा निगमले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ ।
वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो ।
निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार कम्पनीको चुक्तापूँजी २० अर्ब पुर्याउन सरकारसमक्ष प्रस्ताव गरिएको छ । र, त्यसैअन्तरगत पहिलो चरणमा ५ अर्ब मागिएको हो ।
निगमको चुक्तापूँजी हाल ३६ करोड मात्रै छ । ठूलो कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी थोरै हुँदा वित्तीय जोखिम उच्च हुन्छ ।
FACEBOOK COMMENTS