काठमाण्डौँ —अमेरिकी डलर २०० मिलियन सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
विश्व बैंकवाट नेपाललाई वित्तीय तथा उर्जा क्षेत्र सुधार नीति कार्यान्वयनको लागि सम्झौता भएको हो ।
अर्थमन्त्री डा युवराज खतिवडा तथा विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर चिम्याओ फ्यानले इण्डोनेशियाको बालीमा एक समारोहका बीच हस्ताक्षर गरे ।
उक्त रकम बजेटरी सहायताको रुपमा परिचालन हुनेछ ।
— कारोबार
FACEBOOK COMMENTS