![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट कालोधन सुटुक्क ल्याएर बाढ्न नपाइने बताएका छन् ।
तत्कालिन एमाले र माओवादी केन्द्र निकट इञ्जिनियरहरुको एकता सभालाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन ।
विदेशबाट आउने पैसा बैंकमार्फत नै आउनु पर्ने बताएका छन् ।
उनले कालोधनलाई वर्तमान सरकारले कुनै हालतमा स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारेका छन् । ‘कालोधन आउन दिँदैनौं । कालोधन ल्याएर बाड्न पाइँदैन् । एकथरी मान्छेहरु पैसा पठाउन पाउनु पर्यो भनिरहेका छन् । अर्काथरी कानुन मिचेर पैसा ल्याउन खोजिरहेका छन् । यो सरकारले यी सबैलाई कानुनी दायरामा ल्याउँछ ।’ ओलीले भने ।
उनले सबैका कामहरु कानुन सम्बत हुनुपर्ने बताउँदै भित्रभित्रै गलत क्रियाकलाप नगर्न चेतावनी पनि दिए ।
FACEBOOK COMMENTS