![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं- सरकारले विदेशी नामसँग मिल्ने उद्योग खोल्न प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समय विदेशी नाममा उद्योग दर्ता गरेर ट्रेडमार्क चोरी तथा ब्राण्डको नाममा बार्गेनिङ गर्ने क्रम बढेसँगै विश्वभरका कुनै पनि नामसँग मेल खानेखालका उद्योग व्यवसाय दर्ता गर्न प्रतिबन्ध लगाईएको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवले बताए ।
‘कतिपय नेपालीहरुले बार्गेनिङ गर्ने नाममा भारतलगायत अन्य देशमा भएको बहुराष्ट्रिय कम्पनीको नाममा उद्योग दर्ता गरेर च्याखे थाप्ने प्रबृति देखियो,’ नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले गरेको एक कार्यक्रममा उनले भने, ‘त्यसलाई न्युनिकरण गर्नकै लागी हामीले कुनै पनि नामसँग मिल्ने खालका उद्योग व्यवसाय दर्ता गर्न बन्द गरेका छौं ।’
विदेशी नाम चोरेर उद्योग व्यवसाय दर्ता गरेकै कारण अहिल जापानको ‘कन्साई नेरोल्याक’ समस्यामा परेको उनको भनाई थियो । यस अघि उद्योग विभागले आफुसँग भएका नामसँग मेल नखाएमा उद्योग व्यवसाय दर्ता दिँदै आएको थियो । तर, अबका दिनमा अनलाईबाट चेक गरेर विश्वभरका कुनै पनि नामसँग मेल खाएमा त्यस्ता उद्योग दर्ता गर्न नदिने उनको तर्क थियो ।
FACEBOOK COMMENTS