काठमाडौं –उद्योग सञ्चालनको लागि विभिन्न सरकारी कार्यलय धाउनु नपर्ने भएको छ ।
विदेशी लगानीकर्ताले उद्योग सञ्चालन गर्दा एकै ठाउँ बाट सबै सुविधा उपलब्ध गराइने भएको हो ।
विदेशी लगानीलाई ध्यानमा राख्दै सरकारले ‘एकल बिन्दु केन्द्र’ मार्फत सबै सुविधा उपलब्ध गराउने छ ।
मन्त्रिपरिषदले पारित गरेर संसदमा प्रस्ताव गरिएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ मा यस्तो व्यवस्था गरिएको हो ।
विधेयक अनुसार विदेशी लगानीकर्ताले उद्योग दर्ता, लगानी तथा ऋण स्वीकृति, कम्पनी दर्ता तथा कम्पनी प्रशासन, श्रम स्वीकृति ,भिसा सुविधा लगायतकासेवाहरु केन्द्र मार्फत् प्राप्त गर्ने छन् ।
‘नेपाल सरकारले विदेशी लगानीकर्तालाई यस ऐन तथा प्रचलित अन्य कानून बमोजिम प्रदान गरिने छुट, सुविधा, सहुलियत वा सेवाहरु एकल बिन्दु सेवा केन्द्र मार्फत् उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाउन सक्नेछ,’ विधेयकमा भनिएको छ ।
यसअघि विदेशी लगानीकर्ताहरु विभिन्न निकायमा जानुपर्ने तथा सरकारी कर्मचारीको ढिलासुस्तीका कारण विदेशी लगानीकर्ता आर्कषित हुन सकेका थिएनन् ।
FACEBOOK COMMENTS