काठमाण्डौँ — अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ।
चालू आर्थिक वर्षको पाँच महिनामै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो।
यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भियाएका छन्।
नेपाल राष्ट्र बैंकले शिक्षा, आप्रवासन, स्वास्थ्यलगायतका प्रयोजनका लागि अमेरिकी डलर पाँच हजारभन्दा बढी माग गर्ने नेपालीले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार निर्देशन दिँदै यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले नगद सुविधाबाहेक टिटी सुविधा पनि घटाएको छ।
यसअघि ४० हजार अमेरिकी डलरको टिटी सुविधा घटाएर ३० हजारमा झारिएको छ।
— नागरीक
FACEBOOK COMMENTS