काठमाडौं– महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न। ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न।७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि सहयोग गरेको हो ।
बैंकको हेटौंडा शाखाले एक लाख ५० हजार र टाँडी शाखाले एक लाख ६५ हजार रुपैयाँ गरी जम्मा तीन लाख १५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बंैकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष् इन्द्र प्रसाद नेपाललाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरे ।
त्यसैगरी, शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख ६५ हजार रकमको चेक हस्तान्तरण गरे ।
FACEBOOK COMMENTS