रबिन प्रसाद थपलिया, नुवाकोट पुस २९- विद्यालय स्थापना भएको ४५ बर्ष पछि नुवाकोटको शिवपुरी गाँउपालीका ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यमीक विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण भएको छ ।
जापानी सहयोगी संस्था जाईकाको ३ करोड ४० लाखको लगानीमा विद्यालयको १२ कोठे पक्की भबन निर्माण भएको हो । विद्यालय भबनको उदघाटन पछि विद्यालयका संस्थापक प्रधानाध्यापक यादबराज पाण्डेले विद्यालय स्थापनको क्षणलाई स्मरण गदै भबन नजिकैको रुखमुनी विद्यार्थीलाई पढाएको त्यो क्षणको स्मरण गरे । उनले भने “रुखमुनि स्याँउलाले छाएको कटेरो कयौंपटक लडे, कयौं पटक छाएर विद्यार्थीहरु पढाईयो आज त्यो नजिकै भव्य भबन बन्यो म निकै खुसी छु”
२०३१ पौष १ गते प्राथमीक विद्यालयको रुपमा स्थापना भएको कुम्भेश्वर, श्याम प्रसाद पाण्डे प्रधानाध्यापक भएपछि निम्न माध्यमीक र राजनप्रसाद थपलिया प्रधानाध्यापक भएपछि २०६६ सालमा माध्यमीक विद्यालय बनेको थियो । २०७२ सालको भुकम्पले विद्यालय भबनमा क्षती पुगेपछि जाईकाले विद्यालय भबन निर्माण गरिदिएको हो ।
विद्यालयका पुर्व प्रधानाध्यापक श्याम प्रसाद पाण्डेले पनि बिगतमा विद्यालय सञ्चालनको क्रममा भोगेको पिडाहरु अझै ताजा रहेको स्मरण गरे ।
विद्यालय भबनको उदघाटन गदै पुर्व शिक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले विद्यालय भबनको निर्माणसंगै प्रतिष्पर्धी शिक्षाको बिकासमा लाग्न विद्यालयलाई सुझाब दिए ।
व्यक्तित्व निर्माणमा अनुसाशन सबै भन्दा ठुलो जग रहेको बताँउदै नेता केसीले विद्यार्थीहरुको अनुसासनको निर्माण, चरित्रको निर्माण र सामाजीक विधि व्यवहारको निर्माणमा विद्यालयले ध्यान दिनुपर्ने बताए ।
शिक्षक र विद्यार्थीहरुको बिचमा आधुनीकिकरण र आधुनीक शिक्षासंगै आधुनीक परम्परा, संस्कार,संस्कृति र हाम्रा मर्यादाहरुलाई स्थापीत गर्न चिन्तीत भएर लाग्नुपर्ने बताँउदै नेता केसीले सदभाव, स्नेह,सदभाव र एकले अर्काको सम्मान गर्ने शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले विद्यार्थीको भबिष्य निर्माणमा विद्यालयको भुमिका महत्वपुर्ण रहेको बताँउदै आधुनीक शिक्षणपद्धतीको बिकासमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले गाँउपालीकाले निजि विद्यालयहरुप्रति समुदायको आर्कषण कम गराउन सामुदायीक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको बिकासमा लागि परेको रहेको बताए । अध्यक्ष थापाले गुणस्तरीय र प्रतिष्पर्धी शिक्षामा ध्यान दिन विद्यालयलाई सुझाब दिए ।
नेपाली काँग्रेसका युवा नेता रमेश महतले विद्यालयको भौतिक संरचनाको बिकासले शैक्षिक स्तर बृद्धिको निम्ती सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठकले चौतारोबाट सुरु भएको विद्यालय हाल आएर तिन तले सुविधा सम्पन्न भबन निर्माण हुनु खुसीको कुरा रहेको बताँउदै भबनसंगै गुणस्तरीय शिक्षा प्रदान गरेर भबिष्यमा देश चलाउन सक्ने क्षमताबान विद्यार्थीहरु उत्पादन गर्न विद्यालयलाई सुभकामना दिए ।
बिद्यालयका प्रधानाध्यापक राजन प्रसाद थपलियाले सामुदायीक विद्यालयहरुले एउटा कामको लागि भनेर रकम ल्याएर निजि श्रोतका शिक्षकको तलब खुवाउनुपर्ने बाध्यता रहेको बताँउदै गाँउपालीका र सरकारी निकायबाट प्राप्तहुने त्यस्ता रकमहरु शिक्षक अनुदानकै रुपमा उपलव्ध भएमा सहज हुने बताए । विद्यालयले मासिक रुपमा ५४ हजार निजि श्रोतका शिक्षकहरुलाई तलब खुवाउन खर्च हुने बताँउदै प्रधानाध्यापक थपलियाले सिमिति श्रोत साधनका बिच पनि गुणस्तरीय शिक्षा दिन बिद्यालय तल्लीन रहेको बताए ।
FACEBOOK COMMENTS