काठमाडौं, कार्तिक २४ – नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताए । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको छ ।
शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । “एनईए इन्जिनयिरिङ कम्पनीबाट काज फिर्ता भएपनि शाक्य वरिष्ठ उपकार्यकारी निर्देशक भएकाले वरिष्ठताका आधारमा जिम्मेवारी दिइएको हो,” सचिव घिमिरेले भने । ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।
FACEBOOK COMMENTS