![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले समझदारी गर्ने तयारी गरेको छ ।
नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित करिब १५ सय मेगावाट विद्युत् बिक्रीका लागी समझदारी गर्ने तयारी भएको हो ।
भारतको विद्युत् व्यापार निगम (एनभीभीएन) र प्राधिकरणबीच आयोजनाको विद्युत् बिक्रीका लागि सम्झौता हुनेछ ।
प्राधिकरणले एनभीभीएनसँगै अहिले ढल्केबर– मुजफ्फपुरमार्फत नेपाल विद्युत् भित्र्याइरहेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुवै आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि भारतीय पक्षसँग एक महिनाभित्र समझदारी हुने बताए ।
—कान्तिपुर
FACEBOOK COMMENTS