नेपाल उद्योग वाणिज्य महासंघको आगामी अध्यक्षका लागि अहिलेदेखि नै चर्चा सुरु भएको छ । गत चुनावमा विधान संसोधन गरेर वरिष्ठलाई सिधै अध्यक्ष बनाउने प्रावधान पारित गरिएको थियो । सोही अनुसार भवानी राणा अध्यक्ष भएकी थिइन् । तर, यसपल्ट फेरि उक्त नीति गलत भएको भन्दै शंसोधनको तयारी थालिएको छ ।
खाशगरी वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको कार्यशैलीका कारण सिधै अध्यक्ष बनाउन नहुने धारमा धेरै उद्योगी व्यवसायी पुगेका छन् ।
विधान संशोधनको मर्मअनुसार काम हुन नसकेको भन्दै जिल्ला, नगरका सदस्यहरु रुस्ट भएका छन् । आगामी चुनावमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने प्रावधान हटाउन दबाब परेको छ ।
विधान शंसोधनका लागि विशिष्ठ सदस्य चण्डिराज ढकालको सभापतित्वमा समिति गठन गरिएको छ ।
महासंघको विधान अनुसार संशोधनका लागि ६५ प्रतिशत मत चाहिन्छ ।
महासंघको कुल मत सख्यामा जिल्ला नगरतर्फ १०५, बस्तुगततर्फ ९९ एसोसिएट तर्फ ८०० तथा द्धीराष्ट्रिय२० मत छन् । यससरी हेर्दा जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र बस्तुगतको २० प्रतिशत मत छ ।
वरिष्ठ उपाध्यक्ष गोल्छाले एशोसिएट तर्फको मतमात्रमा समर्थन जुटाउन सक्ने भएकाले उक्त प्रावधानले निरन्तरता नपाउने देखिन्छ । यदि उक्त प्रावधानले निरन्तरता पाएन भने गोल्छाको महासंघका यात्रा वरिष्ठ उपाध्यक्षबाट सकिने बताइएको छ ।
जिल्ला र नगरका उपाध्यक्षले सार्वजनिक समारोहमै वरिष्ठ उपाध्यक्ष सिधै अध्यक्ष बन्ने परिपाटी गलत भएको बताउन थालेका छन् । यसले गर्दा उक्त प्रावधानलाई बहुमतले संशोधन गर्न सक्ने देखिएको छ ।
संशोधन समितिका सभापति बनेका वरिष्ठ सदस्य ढकालसँग पनि उनीहरुले एलाइन्स गर्न खोजेका छन् । तर, ढकालले भने गम्भीर विषय भएकाले यसमा आफू सोचविचार गरेर मात्रै अघि बढ्ने बताएका छन् । तर जिल्ला र नगरको दवाव भने ढकालमाथि परिसकेको छ ।
महासंघको आगामी नेतृत्वका लागि अर्को नयाँ तरङ्ग पनि थपिएको छ । हाल एसोसिएटतर्फका उपाध्यक्ष रहेका चन्द्र ढकाललाई अध्यक्ष बनाउने विषयमा एक समूह लागिपरेको छ ।
एशोसिएटमा ज्ञानेन्द्र लाल प्रधान, सौरभ ज्योति जस्ता दिगग्जहरुलाई पछि पारेर निर्विरोध उपाध्यक्ष हुन सफल भएका थिए ढकाल । यसपल्ट शेखर गोल्छा, किशोर प्रधान, उमेशलाल श्रेष्ठ, दिनेश श्रेष्ठ लगायतलाई पछि पार्न सोही रणनीति अपनाउने तयारी ढकालको छ । अहिलेको सवैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटताका कारण अध्यक्षको दौडमा उनलाई सहज हुने महासंघका ब्यवसायिहरुको बुझाई छ ।
FACEBOOK COMMENTS