काठमाडौं, चैत १५ – उद्योग वाणिज्य संघ प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठले कोरोना भाइरस (कोभिड- १९ )को विपत्तिको वर्तमान अवस्थामा सरकार र निजी क्षेत्रले समन्वयकारी रुपमा अगाडी बढ्नु पर्ने बताएका छन् ।
उद्योग वाणिज्य संघ प्रदेश तीनले आज एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमको विपत्तिको असरबाट सबैलाई जोगाउन र जोगिनकालागि भएकाले सबैले आ- आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने जनाएको छ । संघका अध्यक्ष श्रेष्ठले लकडाउनको अवधिमा अत्यावश्यक बस्तुको सहज आपूर्तिका लागि सरकारबाट स्पष्ट निर्देशन र आवश्यक व्यवस्थाको लागि अनुरोध समेत गरेका छन् ।
दैनिक जिवनयापनका लागि अत्यावश्यक औषधी, खाद्यन्न, दूध, तरकारी र ग्यास लगायतका उपभोग्य सामग्री खरीदविक्रीका लागि समय तोकेर हुल हुन नदिई, सुरक्षा निकायको निगरानीमा, विक्रेताको सुरक्षाको समेत स्पष्ट मापदण्ड बनाई विक्री वितरणको व्यवस्था गर्न संघले सरकार समक्ष आग्रह गरेको छ ।
अध्यक्ष श्रेष्ठले सरकारी निकायबीच देखिइको समन्वय अभाव अन्त्य गरी दैनिक उपभोग्य बस्तु आपूत्ति सरल र सहज गर्न, उद्योग व्यवसाय संचालन गर्न स्थानिय निकायलाई सेतु बनिदिन आग्रह समेत गरेका छन् ।
FACEBOOK COMMENTS