काठमाण्डौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अहिलेसम्म सबै विमान खरिद प्रक्रिया अध्ययन गरी प्रतिवेदन तयार पारेको छ।
विमान खरिद अनियमितता भएका अहिलेसम्मका पक्रिया प्रतिवेदनमा उल्लेख हुने जनाइएको छ।
सुरुवाती चरणदेखि नै समस्या रहेको विमान खरिद पक्रिया जहिल्यै विवादित बन्दै जान थालेपछि समितिले नीतिगत अध्ययन नै थालेको हो।
यही वैशाख १९ गते उक्त समितिले यससम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउने छ।
विमान खरिद प्रक्रियाका अहिलेसम्मका कमजोरी केलाएर नीति नियममा सुधार गर्न लागिएको समितिको विमान खरिद अध्ययन उपसमित संयोजक दीपकराज भट्टले बताए।
महालेखाको प्रतिवेदनले पनि वाइडवडी खरिद प्रक्रियामा अनियमितता भएको ठहर गरेको छ।
विमान खरिदका लागि स्वीकृत प्रस्ताव, सम्झौता तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दर्ता प्रमाणपत्रलगायत कागजातमा विमानको मोडेल नम्बर तथा इन्जिन र एअरक्राफ्ट क्रम नम्बर फरक फरक किसिमको उल्लेख गरेको छ।
— नागरीक
FACEBOOK COMMENTS