![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – विराटनगर जुट मिल्समा सञ्चालक समितिको अध्यक्षमा आधिकारिता विवाद उत्कर्षमा पुगेको छ ।
एक अर्कालाई आरोप प्रत्यारोपमा दुई व्यक्तिलाई लिएर विभाजित भएका छन् ।
जुट मिल्सको आधिकारिक अध्यक्ष दाबी गर्दै पक्ष विपक्षले वक्तव्य निकाल्ने र पत्रकार सम्मेलन गरेपछि विवाद छताछुल्ल भएको हो ।
१६ साउनमा अध्यक्ष वसन्त वनले पत्रकार सम्मेलन गरी मुकुन्दप्रसाद नेपाल पक्षमा विभिन्न दोषारोपण लगाएका थिए ।
यसको एक साता नबित्दै मुकुन्द नेपाल पक्षले आफू आधिकारिक अध्यक्ष रहेको दाबी गरेको छ ।
जुट मिल्सको विराटनगरस्थित ६७ बिघा र झापाको दमकलगायतका ठाउँमा गरी कूल ६८ बिघा जग्गा रहेको छ ।
नयाँ र पुराना गरी दुई वटा मिल र दुलर्भ मानिएको जेनेरेटरसमेत अलपत्र छन् ।
– राजधानी
FACEBOOK COMMENTS