काठमाडौं, ४ बैशाख – छैटौँ विराट गोल्डकपको उपाधिका लागि आज भारतको पञ्जाव पुलिस क्बल र एपीएफ क्लब भिड्दैछन् ।
बिहीबार दोस्रो सेमिफाइनल खेलमा आहा रारा गोल्डकपको च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै पञ्जाव पुलिसले एपीएफसँगको भेट पक्का गरेको हो ।
एपीएफ विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलसम्म पुगेको हो ।
विराट गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको पञ्जावले यसअघिका तीनवटा खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
आज साँझ ६ बजे शहीद रङ्गशाला विराटनगरमा हुने प्रतियोगितामा दुवै टिम नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् ।
प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ । उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
FACEBOOK COMMENTS