काठमाडौं ।जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट बिएनएमटि ले मेडिकल जन्य स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि करिब छ लाख बरावरको स्वास्थ्य सामग्री बिहिबार स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसुदन खड्कालाई हस्तान्तरण गरिएको छ।
बिएनएमटि नेपाल प्युठानका कार्यक्रम संयोजक गोविन्द माझीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। १ सय ७० सेट पिपिई , ७ सय थान एन ९५ मास्क, २ सय २५ बक्स सर्जिकल मास्क, ८ सय बोटल सेनिटाइजर , १ सय सेट हाइजिन किट, ६० बक्स ग्लोब्स , ५ सय पिस फेस सिल्ड,१ सय थान हेड कभर र १ सय थान सु कभर प्रदान गरेको जानकारी दिए। उनले भने,‘विशेष गरि आइसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुका लागि प्रयोग गर्न हाइजिन किट उपलब्ध गराएका हौं।’
कार्यालय प्युठानका निमित्त प्रमुख खड्काले बएनएमटिलाई धन्यवाद दिँदै यो सहयोगले स्वास्थ्यकर्मीको सुरक्षा प्रदान गर्न र काम गर्न सहज हुने विश्वास लिएको बताए।
उनले भने, ‘बिएनएमटिले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु जिल्लाका ९ वटै स्थानिय तहहरुमा रहेका स्वास्थ्य संस्थाहरुलाई आवश्यकताको आधारमा जहाँ बढि कोरोना संक्रमित बिरामीहरु छन त्यहाँ पठाउने छौं।’
FACEBOOK COMMENTS