काठमाण्डौँ — कालिगण्डकी नदीमाथि बन्दै गरेको विश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्प निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारदेखि बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी निर्माण भएको पुलसहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेका लगानीकर्ताहरूले जनाएका छन् ।
विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिंग (स्विङ), विश्वकै अग्लो र नेपालकै एकमात्र तारमा खेलिने (स्काई साइक्लिङ) को निर्माण कार्य करिब ८० प्रतिशत सकिएको सञ्चालक राजु कार्कीले बताए ।
कालिगण्डकी माथि ५२० मिटर लामो र २२८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल हो ।
— कारोबार
FACEBOOK COMMENTS