काठमाडौं, मंसिर ४ – एलन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति बढेर ११० अर्ब डलर पुगेको छ ।
एकै दिनमा उनको सम्पत्तिमा ७.६१ अर्ब डलरको वृद्धि भएको छ । यो सूची अनुसार जेफ बेजोस पहिलो स्थानमा छन् । उनको सम्पत्ति १८५ अर्ब डलर छ । त्यसपछिका स्थानहरुमा बिल गेट्स, एलन मस्क, मार्क जुकरबर्ग छन् । उनीहरुको सम्पत्तिको आकार पनि ठूलै छ ।
भारतका मुकेश अम्बानी शीर्ष धनीको १० औं स्थानमा परेका छन् । उनको सम्पत्ति ७५.५ अर्ब डलर छ ।
FACEBOOK COMMENTS