काठमाडौं, असोज ११ –कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
विश्वभरका संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप २ लाख ९३ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ५ हजार २ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७२ लाख ८७ हजारभन्दा बढी पुगेको छ भने २ लाखभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार भन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५९ लाख ९० हजार ५१३ पुगेको छ । भारतमा हालसम्म ९४ हजार ५ सय ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ भने पछिल्लो २४ घण्टामा २५ हजारभन्दा बढी थपिएका छन् । यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार पुगेको छ ।
यस्तै धेरै संक्रमित भएको सूचीको चौथो स्थानमा रहेको राष्ट्र रसियामा कोरोना संक्रमितको संख्या ११ लाख ४३ हजार ५ सय ७१ पुगेको छ । रसियामा २० हजार २ सय २५ जना संक्रमितले ज्यान गुमाएका छन् भने ९ लाख ४० हजार संक्रमित निको भइसकेका छन् ।
एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै संक्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।
एसियाली मुलुकमा निको हुनेको संख्या ८४ लाख ६९ हजार रहेको छ भने १ लाख ८७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७१ हजार सय २१ पुगेको छ । यस्तो कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । शनिवार साँझसम्मको अपडेट अनुसार नेपालमा ५३ हजार १३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।
FACEBOOK COMMENTS