अन्जनराज न्यौपाने
तनहुँ, १८ माघ – विश्व हिन्दु महासंघ नेपालको अन्तर्राष्ट्रिय महासम्मेलन ब्यास जन्मभूमि दमौलीमा हुने भएको छ। अन्तर्राष्ट्रिय सम्मेलन आगामी चैत्र १ गतेदेखि ४ गते सम्म हुने विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले बताए । ‘विश्वको प्राचीनतम वाङ्मय वेदको प्राक्ट्य भूमि एवम ४ वेद १८ पुराणका रचनाकार भगवान् बेद ब्यासको जन्मभूमिलाई विश्व माँझ चिनाउने उदेश्यले सनातन धर्म संस्कृति विषयक अन्तर्राष्ट्रिय महासम्मेलन गर्न लागेका गरेका हौ’ पुर्व तयारी बैठक कार्यक्रम माझ उनले भने। दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउन र धर्म परिवर्तन गराउनेहरुलाई निरुत्साहित पार्न र मौलिक धर्म – संस्कृति र सभ्यताको संरक्षण – संबद्र्धन र प्रवर्द्धन प्रति अभिप्रेरणा जगाउन तथा पर्यटन बर्षलाई सफल बनाउन प्रेरित गर्ने अभियानको उदेश्य रहेको उनले प्रष्ट पारे ।
यसैगरी प्रतिनिधि सभाका सदस्य केदार सिग्देलले भगवान बेद ब्यासको अवतरण भूमि दमौलीमा १०८ फिटको अग्लो मुर्ति निर्माणमा सवैले काधँमा काँध ,हातमा हात मिलाएर तन,मन,वचन र धनले सहयोग गर्नुपर्नेमा जोड दिए। यसैगरी विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सल्लाहकार पुष्पराज पराजुलीले नेपाललाई संबैधानिक रुपमा सनातन हिन्दुराज्य घोषणा गराउन ७७ जिल्लाहरुमा विश्व हिन्दु महासंंघमार्फते हिन्दु धर्मका अभियान्ताहरु परिचालित गरिएको बताउदै विश्वका सनातन हिन्दु धर्मावलम्बीहरु लाई ऐतिहासिक व्यास भूमि दमौलीमा देख्न आतुर रहेको बताए ।
कार्यक्रममा पूर्व राज्यमन्त्री अमरराज कैनी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले ,ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, विश्व हिन्दुमहासंघ गण्डकी प्रदेशका संयोजक शंकर खराल, नेपाली काँग्रेस वीपी तनहुँका सभापति यामबहादुर आले लगायतले सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण ,संवद्र्धनमा तेरो, मेरो नभनी कुनै राजनैतिक आग्रह पुर्वाग्रह नराखी हिन्दुराज्य घोृषणा अभियानमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका थिए।
FACEBOOK COMMENTS