![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
वीरगंज– वीरगंज महानगरले बिशेष नगर सभाबाट विभन्नि कर फिर्ताको प्रस्तावहरु पारित गरेको छ ।
नगर सभागृहमा भएको सभामा काँग्रेसका जनप्रतिनिधिहरुको विरोधका बावजुद बहुमतले कर फिर्ताका प्रस्ताव पारित भएको हो ।
कार्यपालिकाको बैठकमा छलफल गरी निर्णय भए बमोजिमको प्रस्तावनालाई नगर सभामा उपस्थित १ सय ४४ सदस्यहरु मध्ये ९४ सदस्यहरुको बहुमतद्धारा पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले बताए ।
नगरसभामा नगर प्रमुख विजय कुमार सरावगीले वीरगंजको विकासको लागि दलगत स्वार्थ भन्दा माथि उठेर बिकासको कार्यमा सबै जनप्रतिधिहरु सहयोग गर्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS