काठमाण्डौँ — वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीहरुको भेलाले बुद्धिप्रसाद (हरी) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको छ।
पर्यटन तथा होटेल ब्यवसायलाई ब्यवसायिक र सशक्त बनाउन तथा सामूहिक हितका लागि भूमिका गर्न संघलाई गति दिन खोजेको भेलाका सहभागि ब्यवसायिले बताए।
तीन तारे होलेटदेखी साना लजहरु समेत गरी यहाँ ५ दर्जन आवासीय होटेलहरु पर्सामा छन्।
ब्यपारिक सहरको रुपमा रहेको वीरगन्जमा होटेल ब्यवसाय क्षेत्रमा पछिल्लो समयमा भारी मात्रामा लगानी थपिने क्रम जारी छ। यस्तोमा एउटा शसक्त संघको आवश्यकता महसुस गरी आफुहरुले संघलाई अगाडि लैजान खोजेको अध्यक्ष पन्तले बताए।
— नागरीक
FACEBOOK COMMENTS