काठमाडौं, भदौ १८ – सरकारले देशकै ठूलो वीर अस्पताललाई पूर्ण रुपमा कोभिड १९ संक्रमितका बिरामीहरुको मात्रै उपचार गर्ने अस्पतालको रुपमा परिणत गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का सह(कुलपति समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र न्याम्स, वीर अस्पतालका उपकुलपति, निर्देशकसहितको पदाधिकारीको बैठकले वीरलाई कोरोनाका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउने टुंगो लगाएको हो ।
हाल वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरका अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन्।
FACEBOOK COMMENTS