काठमाण्डौँ — नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्वीटी फन्ड, भेन्चर क्यापिटल फन्ड र हेज फन्ड सञ्चालन गर्न कम्तिमा पनि १५ करोड रूपैयाँको कोष हुनुपर्ने व्यवस्था गरेको छ ।
बोर्डको ‘विशिष्टिकृत लगानी कोष नियमावली, २०७५’ ले १५ करोडको कोषमा कोष व्यवस्थापकले न्यूनतम दुई प्रतिशत हिस्सा लिनुपर्ने व्यवस्था गरेको हो ।
नियमावलीले लगानी गर्ने कम्पनीका साझेदारको इच्छा बमोजिम लगानी गर्ने प्राइभेट इक्वीटी फन्ड, भेन्चर क्यापिटल फन्ड र हेज फन्डको व्यवस्था गरेको छ ।
नियमावली अनुसार ती कोष व्यवस्थापकको कार्य गर्ने कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड रूपैयाँ कायम भएको हुनुपर्छ ।
— कारोबार
FACEBOOK COMMENTS